FAQs Complain Problems

समचार

न्यायिक समितिको अन्तरक्रिया कार्यक्रम सम्पन्न

तिनाउ गाउँपालिकाको आयोजना र प्रदेश सुशासन केन्द्र, नेपालगंञ्ज बांकेको सहजीकरणमा गुल्मी र पाल्पा जिल्लाका न्यायिक समितिका संयोजक तथा उपप्रमुख/ उपाध्यक्ष ज्यूहरुको अन्तरक्रिया कार्यक्रम तिनाउ गाउँपालिकाको सभाहलमा सम्पन्न भएको छ । उक्त कार्यक्रममा गुल्मी र पाल्पा जिल्लाका सबै स्थानीय तहका उप-प्रमुख/ उपाध्यक्ष, न्यायिक समितिमा उजुरी प्रशासकको रुपमा काम गर्ने कर्मचारीहरु, प्रदेश सुशासन केन्द्रका लेखा अधिकृत धुव्र कुमार खत्री र तालिम समन्वय विश्लेषक विष्णु न्यौपाने, तिनाउ गाउँपालिकाका कार्यपालिकाका सदस्यहरु, न्यायिक समितिका सदस्यहरु र कर्मचारीहरुको समेत सहभागिता रहेको थियो । अन्तरक्रिया कार्यक्रममा स्थानीय तहको न्यायिक अधिकार, कार्यक्षेत्र र व्यावहारिक जटिलताहरू र न्याय सम्पादनका कानूनी तथा ब्यवहारिक पाटाका वारेमा प्रशासनविद् काशिराज दाहालले सहजीकरण गर्नुभएको थियो ।

आर्थिक वर्ष:

User login

//